Logo

स्पेक्ट्रमको आयोजनामा चित्रकला कार्यशाला

स्पेक्ट्रम कला संस्थाले फागु पूर्णिमाको अवसरमा बिहीबार चित्रकला कार्यशालाको आयोजना गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार केके कमाचार्यको प्रमुख आतिथ्यतामा फागु विशेष चित्रकला कार्यशाला आयोजना भएको हो ।
कार्यक्रममा कलाकारहरु ईन्द्र श्रेष्ठ, रामकृष्ण थापा, ईशान परियार, सविता डंगोल, दिपक महर्जन, निशा श्रेष्ठ, दलबहादुर राई, महेश आचार्य, रमेश कुँवर, ईन्द्र खत्री, विष्णु चौधरीलगायतले क्यानभासमा चित्रकला मार्फत आफ्नो अभिवयक्ति प्रस्तुत गरेका थिए । स्पेक्ट्रम संस्थाले स्थापनादेखि नै देशका विभिन्न स्थानमा निरन्तर कलाका विविध कार्यक्रम गर्दै आएको छ । सीमित स्रोत र साधन हँुदाहुँदै पनि कलाको विकास एवं विस्तारका लागि कला प्रदर्शनी, निःशुल्क कला शिक्षा, पुरस्कार, सम्मान तथा गाउँ–गाउँमा पुगेर कला कार्यशाला गरी जनचेतना जगाउने जस्ता कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्