बेमौसममा पनि अस्फाल्ट पोखराको सडकमा भ्वाङ प-यो

पोखरा – बेमौसममा पनि अस्फाल्ट पोखराको सडकमा भ्वाङ परेको छ । पोखरा महानगरपालिका कार्यालय अगाडिको अस्फाल्ट सडकमा बुधबार दिउँसो भ्वाङ परेको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।
बेमौसममा पोखराको सडकमा परेको भ्वाङ हाल खनेर अनुसन्धान भई रहेको उनले जनाए । प्रायः भलपानी र वर्षादको मौसममा पोखराका विभिन्न ठाउँमा सिंक होल्ड (भ्वाङ) पर्ने भए पनि हाल पोखरामा बेमौसममा परेको भ्वाङले आफूहरूलाई थप चुनौती भएको प्रवक्ता नेपालीले बताए ।
बेमौसममा पनि पोखराको सडकमा भ्वाङ पर्नु कुनै–कुनै अनौठो कुरा नभएको भूर्गवविद् डा.कृष्ण केसीले बताए । पोखराको सडकभित्र ढल पानी पसि माटो बगाएर खोक्रो भएको कारण बेमौसममा पनि सडक भाषिएको हुन सक्ने उनको दाबी छ । पोखराको नदीपुरदेखि महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, छोरपाटन लगायतको क्षेत्रमा सिंक होल(भ्वाङ) पर्ने समस्याभएको डा. केसीले जनाए ।
उक्त क्षेत्रमाभ्वाङ परेको दृश्य हेर्न बुधबार ठूलो संख्यामा केही समय भीड नै लागेको थियो । पोखरा महानगरलेको जेसिभी लगायर भ्वाङ खनिएको छ ।