Logo

निर्वाचनमा हतियारको कारोबार

बारा – सुरक्षा दृष्टिकोणले संवेदनशिल मानिएको प्रदेश दुईको बारा जिल्लामा अबैध हतियारको ओसारपसार र कारोबार ब्यापक बन्दै गएको छ ।
स्थानीय चुनाबसँगै बढेको राजनीतिक सरगर्मीले अबैध हातहतियारको ओसारपसार र कारोबार बढेको हो ।
केही साताअघि बारा परवानीपुरका सनबर देवान र सिम्रौनगढ बजारबाट दुई भारतीय नागरिक स्बचालित हतियारसहित पक्राउ परेसँगै जिल्लामा हतियार कारोबार बढ्दै गएको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कलैयाले मंसिर यता स्बचालित पेस्तोल ३, कटुबा पेस्तोल ४ भरुबा बन्दुक ३ र केही थान गोलीसहित ९ जना भारतीय र नेपाली नागरिक पक्राउ गरेको जनाएको छ ।
उद्योगी व्यापारीसँग चुनाब खर्च बार्गेनिगं गर्दा हतियार ‘सो’ गर्ने, मतका लागी धम्काउन हतियार चुनावका बेला बढि प्रयोग हुने यसअघिका घटनाले देखाएको छ ।
हतियारका भारतीय तस्करहरूले भाडामा ओसारपसारका मान्छेलाई केही रकम दिएर नेपाल पठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
खुला सिमाना रहेका कारण हतियारका कारोकारीले सिमाबर्ती भारत बाट अबैध हतियार नेपाल पठाउन सहज रहे पनि प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले बताए ।
नेपालमा ५ हजारदेखि २५ हजारसम्म बिक्री हुने साना हतियार स्बचालितदेखि कटुबा पेस्तोल हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
सीमावर्ती क्षेत्रमा खटिएको शसस्त्र प्रहरी बलका प्रहरीहरू साना र झोले तस्कर संग अल्झीदा हतियारका कारोबारीले सहज प्रबेश पाएको सिमावर्ती गाउँका स्थानीयको आरोप छ ।
प्रहरीकै घुमुबासमेत तस्करीमा मात्रै केन्द्रित बनि अपराधमा ध्यान नपु¥याउँदा हतियार भित्रिने क्रम बढेको बताइन्छ ।
पछिल्लो समय खुला सिमानामा प्रहरीको फितलो उपस्थिति र चेकजाचका कारण हातहतियारको ओसार पसार बढेको जिल्ला प्रहरीको त्रिवर्षिय तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले हातहतियारको कारोबार र बिगबिगी बढेको नभई प्रहरीको कार्बाही र सक्रियता बढेको बताए । उनले प्रहरी सक्रियाता बढेसँगै पक्राउ पर्ने क्रम बढेको बताए ।
चुनावसँगै चन्दाको हुरी जसरी व्यक्ति व्यक्तिको आश्वासन, तनाब, धक्मीले उद्योगी व्यवसायी त्रसिद हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्