भूकम्पपीडितलाई थप १ लाख अनुदान «

भूकम्पपीडितलाई थप १ लाख अनुदान

सरकारले भूकम्प तथा बाढीपीडितहरूलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पीडितहरूलाई राहतस्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो । सरकारले भूकम्प तथा बाढी पीडितहरूलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । सरकारले यसअघि भूकम्पपीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने वृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्