Logo

घरेलु तथा साना उद्योगका फाइदा

मुलुकले कोरोना भाइरसको तेस्रो लहरलाई समेत पार गरिसकेको छ । यसबीचमा कोरोनाका विभिन्न भेरियन्टसमेत उत्पत्ति भए । कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ । नेपालको अवस्था पनि उही रह्यो । तर, भाइरसको संक्रमण बिस्तारै कम हुँदै जाँदा विश्व अन्र्थतन्त्र पनि चलायमान बन्दै गइरहेको अवस्था छ । कोरोनाका कारण यहाँका विभिन्न व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखानामा निकै ठूलो धक्का प¥यो । पछिल्लो समय यस्ता व्यवसायहरू बिस्तारै माथि उकासिँदै गएको छ । नेपालजस्तो विकासोन्मुख मुलुकलाई कोभिड महामारीले अर्थतन्त्रमा निकै ठूलो असर पा¥यो । कोरोनाको त्रासमा बन्द भएका प्रमुख प्रमुख उद्योगधन्दाहरू बिस्तारै सञ्चालनमा आएपछि यहाँका आर्थिक क्षेत्र चलायमान भएको छ । त्यसपश्चात् मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष टेवा पु¥याउने व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना बिस्तारै माथि बढ्दै गर्दा सिंगो मुलुकको आर्थिक विकासमा समेत महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । कोरोनाको मारमा परेका ठूला उद्योगभन्दा घरेलु तथा साना उद्योग भने सञ्चालनमै रहे । विभिन्न महामारीको असर पनि खासै नपर्ने हुँदा साना कार्यमा लगानी पनि सुरक्षित नै रहनेमा अनुमान गर्न गाह्रो पर्दैन ।
वि.सं. १९९६ मा व्यावसायिक तालिमको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य लिई नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको नाममा साना तथा घरेलु उद्योग विभागको स्थापना भएको थियो । साबिकका १४ अञ्चलमा केन्द्रहरू खडा गरी निर्धारित उद्देश्यअनुरूप व्यावसायिक तालिम सञ्चालनका कार्यहरू हँुदै आए । त्यसपश्चात् क्षेत्रीय र जिल्लास्तरीय कार्यालयहरू विस्तार भए । विस्तारित कार्यक्षेत्रअनुरूप ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यालयहरू स्थापनासमेत भए । यस विभागले नियमित रूपमा सीप विकाससम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ता सीपमूलक तालिमअन्तर्गत सिलाइकटाइ, होजियारी, फर्निचर तथा काष्ठकला, टेक्सटाइल, वाटिक तथा हस्तकलासम्बन्धीलगायतका तालिमहरू सञ्चालन हँुदै आएका छन् । यसका अतिरिक्त मागअनुरूपका सीप विकास तालिमहरू पनि विभागले समय–समयमा सञ्चालन गर्दै आएको छ । स्थानीय गैरसरकारी संस्थाहरूसँग सहभागिता गरेर पनि तालिमका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्वविदितै छ ।
यस्ता घरेलु तथा साना उद्योगको मातहतबाट दिइने तालिम लिई घरमै बसीबसी अर्थोपार्जन गर्न सकिन्छ । सानो लगानीबाट मनग्य आम्दानी लिन सकिने अवस्था छ । थोरै लगानीबाट सुरुवात भएको व्यवसायलाई बिस्तारै ठूला उद्योगका रूपमा परिणत गर्न पनि सकिन्छ । पारिवारिक रूपमा गर्न सकिने यस्ता व्यवसायहरू धेरै छन्, जसबाट गृहिणी महिलाहरूले विशेष रूपमा लगाव दिएमा यसका फाइदा निकै लिन सकिन्छ र लिइएको समेत पाइएको छ । थोरै पारिश्रमिकका लागि बिदेसिनुभन्दा आफ्नै मुलुकमा केही गर्ने वातावरण बन्यो भने सिंगो मुलुकको हितमा रहन्छ । यहाँबाट उत्पादन हुने वस्तुको उचित बजारीकरणको व्यवस्था भएमा यस्ता व्यवसायबाट आममानिसमा हौसला मिल्नेमा दुईमत नै छैन । सरकारले पनि यस्ता साना व्यवसाय गर्नलाई उचित प्रबन्ध गर्न सके मुलुकको हितमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्