भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्य सम्झौता भएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिरया कार्यक्रम समेत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताबारे उल्लेख गरेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिष्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास र प्रतिबद्धता व्यक्त गरका छन् ।
कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्र राज दहालले बदलिँदो परिस्थितमा बिमाको अपरिहार्यताबारे प्रकाश पार्दै बिमा गर्ने समयमा नै पर्याप्त छलफल गर्न सके दाबीको अवस्थामा कुनै समस्या नहुने बताए । कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोसाईंले कार्यक्रमको औचित्य र बिमाको महत्वको बारेमा प्रस्ट पारे ।