‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै सो योजना प्रस्तुत गरेको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा हो ।
कम्पनीका अनुसार मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनिले सावधिक र आजीवनको विशेषता भएको नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना बजारमा ल्याएको हो । बिमा अवधि समाप्तिपछि पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बिमा योजनाको अर्को विशेषता हो ।
१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बिमा योजना लिन सक्नेछन् । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयश्रोतको आधारमा जति पनि बिमांक रकमको बिमा गर्न सकिने छ ।
बिमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बिमालेख जारी गर्ने समयमा वार्षिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बिमा शुल्कमा १ छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । त्यसैगरी यदि बिमालेख जारी गर्ने समयमा त्रैमासिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बिमा शुल्कमा ३ थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ थप लाग्ने कम्पनीले जनाएको छ ।
१८ वर्षदेखिका बीमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर अधिकतम एक करोड सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सक्ने छन् । यस्तै, १८ वर्षदेखिका बिमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर अधिकतम एक करोडसम्मको बिमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने छन् । १८ वर्ष देखिका बीमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर अधिकतम ५० लाखसम्मको घातक रोग सुविधा लिन सक्ने छन् ।