माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छे« बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सीसीयू वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बैंक सञ्चालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पु¥याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।