Logo

खल्तीको ‘इएमआई डन १०० प्रतिशत रिटर्न’ अफर

खल्तीले खल्तीमार्फत ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक, जित्न सकिने अफर ल्याएको छ । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यस अफर ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लु इन्वेत्मेंट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक (रू.५ हजारको अधिकतम सीमा को साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर चैत १ देखि ३० चैत २०७८ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।
५ हजार माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्