चीन संरक्षणवादविरुद्ध लड्ने

चीनले विश्व व्यापारमा देखिएको बढ्दो संरक्षणवादविरुद्ध लड्ने विज्ञहरूले बताएको ग्लोबल टाइम्सले जनाएको छ ।
२०१७ मा चीनले धेरै एन्टी डम्पिङ सहुलियतविरोधी अनुसन्धानको सामना गरेको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत वर्ष चीनले विभिन्न २१ मुलुक र क्षेत्रबाट कुल ११ अर्ब डलरबराबरको ७५ वटा व्यापार अनुसन्धानको सामना गरेको वाणिज्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चाइनिज एकेडेमी अफ इन्टरनेसनल ट्रेड एन्ड इकोनोमिक कोअपरेसनका अनुसन्धान अनुयायी बाई मिङले चीनमाथि २० वर्षभन्दा बढी अवधिमा एन्टी डम्पिङ अनुसन्धानको निसाना बनाइएको बताएका छन् ।
“बढ्दो संरक्षणवादको वर्तमान विश्वव्यापी वातावरणमा यो अवस्थाले भावी दिनमा पनि निरन्तरता पाउने शंका मलाई लागेको छ,” बाइले भनेका छन् ।
योभन्दा अगाडि जनवरी १५ मा पनि अमेरिकी सञ्चार माध्यम सीएनबीसीले चाइना इनभेस्टमेन्ट कर्पोरेसनका उपाध्यक्ष टु गुवाङसाओलाई उद्धृत गर्दै चीनले बढी कठिनाइ र चुनौतीको सामना गरेको उल्लेख गरेको थियो ।
अन्तर्राष्ट्रिय व्यवसाय र अर्थशास्त्रमा इन्स्टिच्युट अफ इन्टरनेसनल विजनेसका निर्देशक साङ बाइचुआनले अमेरिकाले गैरविश्वव्यापीकरणमा समाहित मुलुकहरूको नेतृत्व गरेको बताएका थिए ।
२०१७ मा अमेरिकाले चीनलाई लक्षित गरी २४ अनुसन्धान सञ्चालनमा ल्याएको थियो । यो कुल २.५ अर्ब डलरको व्यापारबराबरको थियो । अमेरिकाले हाल पनि चीन–अमेरिका व्यापार सम्बन्धका बारेमा बारम्बार गुनासो गर्दै आएको छ । चीनलाई बजार अर्थतन्त्रको पहिचान दिन अस्वीकार गरेर र थप व्यापार अवरोधको अवस्था सिर्जना गर्ने बताउँदै अमेरिकाले यस किसिमको गुनासो गर्दै आएको हो ।