Logo

नेपालमा बढ्दै भारतीय ब्राण्ड किडजी

भारतको प्रि–स्कुल (प्रारम्भिकबाल्यकाल हेरचाह र शिक्षा) चेन नेपालमा बढ्दै गएको छ । यसका भारतीय सहरमा ७५० भन्दा बढी तथा नेपालका चार सहरहरूमा दुई हजारभन्दा बढी केन्द्र छन् ।
किडजीले बालविकास र शिक्षा क्षेत्रमा काम गर्छ । यसमा लन विथ किडजी किट छ । जसमार्फत बच्चाहरुलाई घरमै धेरै कुरा सिकाउन सकिन्छ। यसमा छ वटा बाकसको सेट हुन्छन् ।
एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिनासम्मका बालबालिकाहरुका लागि तीन वटा बक्सहरू र दुई वर्ष छ महिनादेखि चार वर्षसम्मका बालबालिकाहरूका लागि तीन वटा बक्सहरू हुन्छन् । सबै बाकसमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञले तयार गरेका योजना समावेश छन् । बाकस साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोचमा केन्द्रित हुन्छन् ।
कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् । यसमा भएका भिडियो कार्यक्रममार्फत बालबालिकाले घरमै आरामले सिक्न सक्छन् । किडजीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको हो । हाल काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रि–स्कुलको नेटवर्कसँग काम गरिरहेको छ । अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्