पोलिटेक्निक प्रतिष्ठान निर्माणबारे छलफल

मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारतमैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक फागुन ३० गते काठमाडौंमा सम्पन्न भयो । भारत सरकार विदेश मन्त्रालयअन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सहसचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले सो बैठकको सह–अध्यक्षता गरेका थिए ।
बैठकमा परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे समीक्षा भएको भयो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दियो । कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौती पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बताएको छ ।