पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।
गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई यसपाली कोरोना शंक्रमण दर घटेसँगै उक्र महोत्सवलाई निरन्तरता दिने भएको उनले जनाए ।
बिहीबार हुने उक्त महोत्समा स्वदेशी, विदेशी पर्यटक, पर्यटन सम्बद्ध संघ–संस्था, प्रशासनिक निकायका प्रतिनिधि, स्थानीय आमा, युवा समूहलगायतको सहभागिता रहने भएको अध्यक्ष बरालले बताए ।
उक्त महोत्सवलाई सफल पार्न रेवान पोखराका सदस्य विष्णु बानियाँको संयोजकत्वमा समिति गठन गरिएको रेवान पोखराले जनाएको छ । ‘दिउँसो अम्मटमा सबैजना जम्मा भई बाजागाजासहित खहरे चोकसम्म होली खेल्दै जाने कार्यक्रम तय गरिएको संयोजक बानियाँले बताए ।
उक्त महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । यसैबिच स्थानिय प्रशासनले कसैको इच्छा विपरित विभिन्न ढंगले रग तथा लोला हान्ने गरेमा कारवाही हुने चेतावनी समेत दिएको छ । कोरोनाले गर्दा यसपालि विदेशी पर्यटकको संख्या न्यून रहेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।