Logo

एन्टिडोपिङको क्षेत्रमा सहयोग गर्न नेपालको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसहितको टोलीले नेपाली खेल क्षेत्रको विकासका बारे दुबईमा विभिन्न संस्थाका प्रतिनिधीसँग छलफल गरेको छ । एन्टिडोपिङ सम्बन्धी १७औं एशिया-ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई पुगेका मन्त्री गहतराजले संयुक्त अरब इमिरेट्सको खेलकुद प्राधिकरणका अध्यक्ष डा. अहमद बेलहौल अल फलासी, विश्व एन्टीडोपिङ एजेन्सी (वाडा) का अध्यक्ष विटोल्ड बांका र एशिया ओलम्पिक काउन्सिल (ओसीए) का महानिर्देशक हुसेन ए.एच.जेड अल–मुसलामसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्रीले नेपालले एन्टि डोपिंङका क्षेत्रमा गरेको कार्यहरुका बारेमा जानकारी गराएका थिए । साथै आगामी दिनमा एन्टि डोपिङको क्षेत्रमा नेपालको क्षमता विकासमा सहयोग गर्न मन्त्री अथकले आग्रह गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए । नेपालको समग्र खेलकुद क्षेत्रको विकासका साथै अन्तराष्ट्रिय लगानी भित्र्याउने कुरामा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्