अन्नपूर्ण केवलकार पूर्ण रुपमा सञ्चालन

पोखरामा अन्नपूर्ण केवलकार पूर्ण रुपमा सञ्चालनमा आएको छ । ६ फागुनदेखि २४ सम्म सफ्ट ओपनीङको रुपमा सञ्चालन आएसँगै नियमित मर्मत संहारको लागि ६ दिन बन्द भएको केवलकार मंगलबारबाट नियमित तथा पूर्णरुपमा सञ्चालनमा आएको केवलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए ।
बिहान ५ देखिसाँझ ६ः०० बजेसम्म नियमित रुपमा केवलकारको सेवा सञ्चालन हुन थालेको उनले जनाए । बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने महाप्रबन्धक पौडेलले जनाए । यसका साथै केवलकारबाट फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली लगायतका हिमाल श्रृखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा लगायतको मनोरम दृश्य अवलोकन गर्न सकिने भएको उनले दाबी गरे । करिब २ अर्बको लगानीमा हालै सञ्चालनमा आएको केवलकारले नेपालीहरुका लागिप्रति व्यक्ति ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर शुल्क निर्धारण गरेको कम्पनीले जनाएको छ ।
केवलकारले विद्यार्थीका लागि २५ प्रतिशत छुट, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको केवलकारका निर्देशक एवं सञ्चालक तिर्थराज त्रिपाठीले बताए । केवलकारमा जेनेरेटर स्टलेसन गर्नको लागि केही दीन स्थगीत भएको केवलकार अब देखि नियमित रुपमा संचालनमा आउने उनले दाबी गरे । केवलकार संचालनको १९ दिनमा करिब ३ हजार भन्दा बढी पर्यटकहरु भित्रिएको त्रिपाठीले जनाए ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा तल्लो स्टेसन निर्माण भएको अन्नपूर्ण केवलकार सराङकोट डाँडासम्म करिब २.४ किलोमिटर दूरीमा हाल १८ वटा गुण्डला जडान भएको छ ।