Logo

निजी क्षेत्रसँग सहकार्य गर्न सरकारसँग माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बने छोटो समयमै राम्रो परिणाम दिनसक्ने बताएका छन् ।
पर्साको पोखरीया नगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्यचिकित्सा कक्षको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्रगर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।”
राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने अस्पतालले पनि स्पष्ट पार्ने उनले बताए । उनले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताए ।
निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै कामपनि निजी क्षेत्रले सहज र छिटो गर्न सक्ने उनको भनाइ छ । यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्ने उपाध्यक्ष ढकालको भनाइ छ ।
निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको उनको भनाइ छ । कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै उनले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैंसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्