स्कोडाको सर्भिस सेन्टर सीतापाइलामा

नेपालको लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ ‘स्टेट–अफ–द–आर्ट’ ‘युरोपियन–क्लास’ को सर्भिस सेन्टर सुरु गरेको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोेकप्रिय कलाकार अनुपविक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् ।
नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको छ ।
काठमाडौंस्थित आधुनिक वर्कशप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको हो । यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउने कम्पनीको दाबी छ ।
काठमाडौंको सीतापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुईवटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन् ।
यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ ।
हाल नेपालका नौवटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ ।