सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।
यो साझेदारीसँगै सानिमाका ग्राहकले खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ग्राहकलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न बैंकसँगको समझदारीले महत्वपूर्ण अवसर पाएको बताए ।