हुन्डाई ओपन गल्फ ५ चैतमा

हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौँ संस्करण ५ चैतदेखि हुने भएको छ ।
गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ । नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबल फोल्ड फर्म्याट र ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केर्टिङ म्यानेजर सन्दीप शर्माले आफूहरू लामो समयदेखि खेलकुदमा आबद्ध भएको बताए । उनले मनाङ मस्र्याङ्दी क्लबलाई पनि प्रायोजन गरेको बताए ।
यस प्रतियोगितामा नेपालका १३० गल्फरहरूले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता र उपविजेताका साथै बेस्ट ग्रस, महिलातर्फको विजेता, सिनियरतर्फ (६० वर्ष उमेर माथि)को विजेता, जुनियरतर्फ (१७ वर्ष मुनी) को विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टू दी पिन, मोस्ट बर्डिज र हुण्डाई वनर्स स्पर्धामा विजेता घोषित हुनेछ ।
होल इन वान विजेताहरूलाई उपहार स्वरूप एक थान हुन्डाई भेन्यू गाडी प्रदान गर्ने आयोजकले जनाएको छ । होल इन वान दस नम्बर होलमा हुनेछ । त्यस्तै हुन्डाई वनर्स स्पर्धाको विजेतालाई पनि विशेष पुरस्कार दिइने जनाइएको छ ।