होण्डाको एक्स्चेन्ज क्याम्प हुँदै «

होण्डाको एक्स्चेन्ज क्याम्प हुँदै

होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले १७ चैतसम्म बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा यो क्याम्प २२ फागुनदेखि सुरु भएको हो । यस क्याम्पको अवधिभर ग्राहकहरुले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्छन् । ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा ७ हजार रुपैयाँ अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्