Logo

फ्यान्टाको कलरफुल हामी अभियान

फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ को आयोजना गर्दैछ । यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीको दावी छ ।
यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको बताइएको छ । जुनसुकै उमेर, लिंग, पेशा भएपनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन् । मानिसको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ ।
यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रििट पर्फर्मर, टिकटकर र बाइक स्टन्टर्समार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ । यी विज्ञापनले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन् । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।
होलीउत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्दै छ,जुन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ । यी कार्यक्रममा रमाइला र सहभागितामुलक गतिविधिहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्तासँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।
फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्