Logo

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र इसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरी रहेका ७ हाजर बढी सहकारी संस्थाबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
“प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं” इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, “प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस्