Logo

नयाँ स्वादको करेन्ट चाउचाउ बजारमा

मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स बजारमा भित्र्याउने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर यशोदा फुड्सले आफ्ना नयाँ उत्पादनबारे जानकारी दिएको हो । उद्योगले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा स्वादमा चाउचाउ सार्वजनिक गरेको हो ।
सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध रहेको कम्पनीको दावी छ । यसको प्रति गोटाको मूल्य १२० रुपैयाँ तोकिएको छ ।
यशोदा फुड्सले नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानेडा, बेलायत, अष्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादनहरू निर्यात गरिरहेको छ । साना तथा मझौला उद्योगदेखि आफ्नो व्यवसायिक यात्रा सुरू गरेको यशोदा ग्रुपको यात्रा मसला, चियापत्ती, चाउचाउ, हाउजिंग, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च व्यवसायिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल भएको कम्पनीको दावी छ ।
आफ्ना उत्पादनमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले एक सय ५० भन्दा बढी डिलरको सञ्जाल विस्तार गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्