Logo

चुनावको तयारीमा लाग्न अध्यक्ष यादवको निर्देशन

फाइल तस्बिर ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका उनले नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् ।
उनले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान शुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
सोमबारको दिन विशेष गरेर पार्टीको संगठनात्मक बहस गर्दै सबै ५०५ जना केन्द्रिय सदस्यहरुलाई स्थानीय निर्वाचनमा बकायिदा जिम्मेवारी दिने कार्य भइरहेको छ । आगामी स्थानीय निर्वाचनमा केन्द्रिय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रलाई आफ्नै केन्द्रिय कार्यसमितिको बैठकबाट तोकिएर निर्वाचनमा जाने निर्णय पार्टीले गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्