Logo

जनता समाजवादी पार्टीमा आफूमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको दाबी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताए ।
मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमले प्रवेश गरेको बताए । विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको उनले स्पष्ट पारे । उनले भने, ‘पूर्ण रुपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपथ्र्यो । किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिएन ।
म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिए । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुव्र्यवहारहरु हुने, सामाजिक रूपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिलापनि भनिसक्या थिए कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’
मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए । आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उहाँको भनाई छ । उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सनहरु थिए, एउटा अप्शन थियो म कांग्रेसमा जाउँ । अर्को अप्सन थियो एमालेमा जाउँ ।
कांग्रेसमा जाने अप्शन अलिकति कमजोर किन भयो भने उहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ आफ्नो जनप्रतिनिधिको अगाडी बढ्नका लागि । त्यहाँनिर धेरै स्कोप नभएको हुनाले र म जुन पार्टीमा लागेको थिए जसपा, एक प्रकारले कम्युनिष्ट भावनाबाटै चलेको पार्टी थियो र एमालेको हाम्रा केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकास प्रति जुन एउटा चाहाना मैले देखेँ । त्यो सबैबाट प्रेरित भएर त्यसपछि म एमालेलाई रोजेँ । र आज म एमालेको पार्टी प्रवेश गरिसकेपछि अब एमालेको मेयर कहल्याउँछु । र आउने दिनहरुमा पनि एमाले मार्फत नै अब मेरो आफ्नो भविष्यको राजनीतिक यात्रालाई अगाडी बढाउँछु ।’
उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको बताउनुभयो । पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए । उनले भने, ‘म जुन एमाले पार्टी प्रवेश गरेको छु । पार्टी प्रवेश गर्दाखेरी कहिल्यैपनि शर्तसहित जानु हुँदैन भन्ने मलाई लाग्छ । म निशर्त गएको छु । अब पार्टीले मुल्यांकन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, म कसरी आफ्नो पर्फमेन्स गरे । वहाँहरुले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसको लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेशअनुसार, पार्टीको टिकटअनुसार म अगाडि बढ्छु ।’
उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पारे । मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिए पनि स्वीकार गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्