Logo

सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी

सुर्खेत – असन्तुष्ट व्यावसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालबन्दी गरेका छन् ।
कार्यसमितिले सदस्यता नवीकरणका विषयमा गरेको निर्णयप्रति बिरोध गर्दै आएका व्यावसायीहरूले सोमबार तालाबन्दी गरेका हुन् । व्यवसायीहरूले विभिन्न समयमा उठाएका विषयहरूलाई समाधान गरेर मात्रै निर्वाचन गर्नुपर्ने उनीहरूले माग राखेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पनि ज्ञापन–पत्र बुझाएका छन् ।
संघका सदस्य व्यवसायीहरूले व्यवसायी एकता र हितका लागि सदस्यता नविकरणको माग राखेका छन् । विगतमा सृजना भएका विवादहरूलाई समाधान गर्न पटक–पटक भएका छलफललाई नेतृत्वले पालना गर्नुपर्ने उनीहरूले माग गरेका छन् । संघको निर्वाचन घोषणा गर्नुपूर्व सदस्यताको विवाद समाधान नगरे निर्वाचन हुन नदिने व्यावसायीहरूको भनाइ छ । बर्तमान नेतृत्व पूर्वाग्रही ढंगले बहुमत देखाएर अघि बढ्न खोजेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्