Logo

कर्णालीमा विद्युतीय गाडीको शोरुम

सुर्खेतमा पहिलो पटक विद्युतीय गाडीको शोरुम खुलेको छ ।
सीबी इन्टर नेशनल कम्पनीले सुर्खेतको बुलबुले गेट नजिकै विद्युतीय गाडीको शोरुम सुरु गरेको हो । शोरुमको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदुषण कम गर्न तथा इन्धनको बचतका लागि विद्युतीय सवारी साधन अबको उपयुक्त विकल्प हुने बताए । उनले विद्युतीय सवारी साधानका कारण कर्णाली प्रदेश प्रदुषणरहित बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सीबी इन्टर नेश्नलका प्रबन्ध निर्देशक विनोद खत्रीले कर्णाली प्रदेशलाई स्वच्छ र प्रदुषणमुक्त बनाउनका लागि विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । विश्वका सबै देशले आउँदा केही वर्षमै विद्युतीय माध्यमबाट चल्ने सवारी साधन मात्र प्रयोग गर्ने योजना बनाइसकेको भन्दै नेपाल र कर्णाली प्रदेशले पनि त्यस्ता नीतिलाई प्राथमिकता दिनुपर्ने बताए ।
सीबी इन्टरनेश्नलका सञ्चालक चरित्र विसीले अहिले पेउर कम्पनीका साइकल र स्कुटी उपलब्ध रहेको तथा छिटै नै इ रिक्सा र कार पनि भित्र्याउने योजना रहेको जानकारी दिए । उनका अनुसार हाल उपलब्ध स्कुटर दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म मूल्यका छन् । एक पटक ब्याट्री चार्ज गर्न ३ देखि ४ घण्टा लाग्ने र उक्त चार्ज १२० किलोमिटरसम्म गुड्न पुग्ने विसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्