महासंघको अध्यक्षमा सिंह पुनः निर्वाचित

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् ।
महासंघको २३औं साधारण सभा तथा १२औं अधिवेशनबाट सिहं विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी निकोलश पाण्डेलाई पराजित गर्दै सिंह अध्यक्षमा पुन निर्वाचित भएका हुन् ।
सिंह प्यानलबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, सह–कोषाध्यक्ष, उपमहासचिव निर्वाचित भएका छन् । महासंघको साधारण सभा शुक्रबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा २३औं साधारण सभा तथा १२औं अधिवेशन सुरु भएको थियो । यता पाण्डेको टिमबाट ५ उपाध्यक्ष र कोषाध्यक्ष सहित निर्वाचित भएका छन् । उपाध्यक्षका २ उमेदबा भने निर्विरोध निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्षमा आङ्दोर्जी लामा, उपाध्यक्षहरू प्रदेश १ मोहनप्रसाद अधिकारी, मधेस प्रदेश शम्भू ठाकुर, बागमती प्रदेश बालकृष्ण थापा,लुम्बिनी प्रदेश टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा, रत्नबहादुर खड्का, सुदूरपश्चिम प्रदेशमा प्रकाश सेठी निवाचित भएका छन् ।
यता महासचिव रोशन दाहाल पुन निर्वाचित भएका छन् । उपमहासचिव नीतिगत, शिवहरी घिमिरे, उपमहासचिव आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्ष हिरान श्रेष्ठ,सह–कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।
महासंघको अधिवेशनबाट एक जना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, एसोसियट सहित ८ जना उपाध्यक्षहरु, एकजना महासचिव, दुईजना उपमहासचिव, एक÷एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित कुल ४२ पदाधिकारी निर्वाचित भएका हुन् । ४२ पदको लागि १०४ जनाले उम्मेदवारी दिएका थिए । ११ सय ९८ जना मतदानता रहेकोमा मा ११ सय ८१ सहभागीता जनाएका थिए ।