रेडक्रसलाई सनराईज बैंकको सहयोग

सनराईज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।
बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तारण कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख विवेक निरौला, इलाम शाखाका प्रमुख ज्ञानश्याम गुरुङ र बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
इलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरू दिँदै आएको छ । निर्माण गर्न लागेको भवन तालिम हल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मद्दत गर्ने सोसाइटीको भनाइ छ ।
बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ ।