Logo

सौर्य सिमेन्टको ब्राण्ड स्थापित हुँदै

सौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको जनाएको छ ।
व्यावसायिक उत्पादनको पहिलो महिनादेखि नै कम्पनीको उत्पादनप्रति ग्राहक वर्गको विश्वास जित्न सफल भई हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यान्तै सरहनिय रहेको दावी गरेको छ ।
कम्पनीले हाल बजारमा सौर्य ओपीसी –५३ ग्रेड, सौर्य ओपीसी – ४३ ग्रेड, पीएससी सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको छ ।
हरेक पाइलामा चुनौतीलाई अवसरमा परीणत गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुंगाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्