नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

नेसनल लाइफ इन्स्योरेन्सको प्रस्तावि लाभांश पारित भएको छ । कम्पनीको ३३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६-०७७ नाफाबाट चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख नगद लाभांश प्रस्ताव पनि पारित गरेको छ ।
अध्यक्ष प्रेमा सिंहले कोभिड १९ प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयास साथै बिमितको आवश्यकताअनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरूले जीवन बिमा बजारका लागि राम्रो आधार सिर्जना भएको बताइन् ।
साधारणसभाबाट संस्थापक समूहबाट प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएको कम्पनीले जनाएको छ ।