Logo

नबिल बैंकका चार शाखाको सुरूवात

नबिल बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमुल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घाटन गरे ।
उक्त उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरेको हो । बैंकले चारै वटा नयाँ शाखाहरु एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो ।
विगत ३७ वर्षदेखि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाले ग्राहकलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकता पूरा गर्नका लागि देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
आइतवार उद्घाटन भएका चार(४) नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट देशभर सेवा प्रदान गर्दैै आएको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्