Logo

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटारमा

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
एक्सटेन्सन काउन्टरको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरे । अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पत सजिलैसँग गर्न सक्ने छन् ।
बैंकले हालसम्म करिब सात लाख सर्वसाधारणलाई ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको जनाएको छ । बैंकले हालसम्म करिब ८९अर्ब बढी निक्षेप परिचालन गरी ९० अर्व बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्