अग्नि समूहद्वारा उदय छात्रवृत्ति पुरस्कार प्रदान

नेपालकै प्रतिष्ठित व्यापारिक समूहका रूपमा रहेको अग्नि ग्रुप स्थापनाको ३० वर्ष पूरा भएको छ ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले सबैको सहयोगमा कम्पनीको यात्रा निरन्तर अगाडि बढिरहेको बताए । अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकका रूपमा व्यवसाय सञ्चालन गरेको थियो । अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाहरूको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय रहेको उनले बताए ।
देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखासहित यसको बृहत् नेटवर्क पुगिसकेको जनाइएको छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अरू उद्यमहरूमा विविधीकरण गरेको र हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा रहेको गु्रपले जनाएको छ ।
वार्षिकोत्सवको अवसर पारेर कम्पनीले यस वर्ष एसईई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि उदय छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ । हरेक वर्ष २५ विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आएको र यो वर्ष ३० विद्यार्थीलाई छात्रवृत्ति दिएको अग्नि ग्रुपका नायव–निर्देशक वरदान बस्नेतले बताए ।