Logo

कर्मचारी मिलन केन्द्र, सर्लाहीका अध्यक्षमा रामदरेश र सचिवमा सुनील कुशवाहा

सर्लाही – सर्लाहीका कर्मचारी मिलन केन्द्रको रामनरेश रायको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसहमत चयन भएको छ ।
लालबन्दी नगरपािलकाको नवलरपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा मिलन केन्द्रले आयोजना गरेको वनभोजसहितको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका विरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा वन अनुसंधान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह–सचिव नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो, सदस्यमा क्रमशः बरहथवा नगरपालिकाका प्रअ सञ्जय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका अधिकृत रमेश पोखरेल,डीई विजय रेग्मी, नापी कार्यालय, हरिवनका छत्र हादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्रकिशोर गुप्ता, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पदमप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरण, मलंगवाका ई.रञ्जयकुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ई. शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी चयन भएका छन् ।
मिलन केन्द्रका संरक्षक रहनुभएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सिर्जनशील र रचनात्मक कार्यमा केन्द्रले योगदान गर्नुपर्ने चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरे ।
प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले मनोरञ्जनात्मक पद गीतिलय प्रस्तुत गरेका थिए । जिल्ला समन्वय अधिकारीले मधुर स्वरमा गीत गाउनु भएको थियो ।कार्यक्रममा नव गठित कार्यसमितिलाई अविर, माला र गमछाले बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई कदर पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, केन्द्रका सल्लाहकार माननीय न्यायाधीश ध्रुव कुमार पिया, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहसचिव विशाल घिमिरे, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप अनुसन्धान निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋद्रिनाथ निरौला लगायतलाई दोसल्ला, अविर र मालाले सम्मान गरेको थियोे ।
शिक्षा विकास तथा समन्वय एकाइ, सर्लाहीका निमित्त एकाइ प्रमुख सुनिल कुशवाहाले संचालन गरेको कार्यक्रममा जिल्ला भरिका सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख-कर्मचारीहरूको उल्लेख्य सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्