एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै छन् । नेपाल एयरलाइन्सको बिमानबाट मन्त्री अथक आइतबार राति ११ः३० बजे दुबई जान लागेका हुन् । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेत दुबई जाने कार्यक्रम रहेको छ ।
मार्च १४ देखि १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औं एसिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री अथकको नेतृत्वमा नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागिता रहने बताइएको छ । मन्त्री अथक चैत २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।