‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’ शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिए ।’
देश सुरुङमार्ग, लिफटिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे ।
‘जाँदा पिच भएको बाटो फर्किंदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुप-यो ।’ पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए ।
‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उनले भने, ‘यसका लागि दक्षजनशक्ति चाहिन्छ ।’
विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनको भनाइ छ ।
कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र ऊर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नहुने भन्दै कतव्र्य पनि भुल्न नहुनेमा उनले जोड दिए ।