बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने «

बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने

बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने सहकारीहरुले जनाएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आइतबार भएको सहकारी क्षेत्रको समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उनीहरुले वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने बताएका ह’न् । ‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११-१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले भने ।
‘अब सहकारी अभियान र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय हुन आवश्यक छ । सहकारी क्षेत्रमा पनि अधुरो छ । यसमा सुधार गर्न आवश्यक छ । केही सीमित सहकारीको कारण सबै बदनामी हुनु परेको अवस्था छ,’ उनले भने ।
यस्तै, महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्ने बताए । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो,’ उनले भने ।
उनले सहकारीहरुले वाणिज्य बैंकको एकाधिकार तोडेको पनि बताए । ‘विगतका दिनहरुमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब हसकारीहरुले आफ्नो काम सुरु गरे अहिले वाणिज्य बैंक ऋण लिइदिनु पर्यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो,’ उनले भने ।
महासंघका सञ्चालक डीबी बस्नेतले सहकारी मूल्यमा आधारित सेवा भएकोले महासंघले मूल्यमा आधारित सेवा बढाउनु पर्ने धारणा राखे । सुशासनको अवस्थामा नियमित काम भइरहेको बताउँदै उनले काम गरे अनुसारको प्रचार भने हुन नसकेको उनको भनाई छ ।
उनका अनुसार दुर दराजमा सहकारीले उदाहरणीय काम गरेका छन् ।
कार्यक्रममा दुई विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । सहकारी अभियानको तर्फबाट राष्ट्रिय राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा र सिजेएनको तर्फबाट सिजेएनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार खिलानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै महाप्रबन्धक सुब्बाले सहकारी सहकारी अभियान र सञ्चार क्षेत्रबीचको सहकार्य तथा समन्वय हुन आवश्यक रहेको बताइन् । उनले कार्यक्रममा सञ्चार क्षेत्र तथा सिजेएन पनि सहकारी अभियानको एक महत्वपूर्ण स्टेक होल्डर भएकोले सबै मिलेर यस अभियानलाई अगाडि बढाउनु पर्ने धारणा राखिन् ।
‘जुनस’कै देशमा पनि सहकारीको मोडलबाट आर्थिक तथा सामाजिक विकास भएको छ, सहकारीको महत्वको विषयमा सूसुचित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, सहकारीले गरेको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा भएको कामको प्रचार हुनु पनि आवश्यक छ,’ उनले भनिन् ।
उनले सहकारीमा सुशासन, विश्लेषणात्मक समाचारहरुको आवश्यक रहेको बताउँदै सहकारीका कमि कमजोरी पहिल्याउन पनि जरुरी रहेको धारणा राखिन् । सहकारीको वर्तमान वस्तुस्थितीको बारेमा जानकारी गराउँदै उनले पहिलेको तुलनामा सहकारीहरुमा सदस्य, पूँजी, कार्यक्षेत्र तथा सेवाकेन्द्रहरु वृद्धि भएको पनि जानकारी दिइन् ।
यस्तै, उनले सहकारीमा रहेको चुनौतिका विषयमा पनि प्रस्तुति दिएकी थिइन् । सहकारी क्षेत्रमा दक्ष जनशक्तिको न्यून आकर्षण, तथा स्थायित्वको अभाव, शिक्षा तथा तालिम प्रति न्यून आकर्षण, प्रविधिमाथिको पहुँचमा सीमा, संस्थागत शुसाशनको कमि, संघहरु व्यवसायीक बन्न नसक्नु र सहकारीका सकारात्मक कामको प्रचारप्रसारमा कमि पनि यस क्षेत्रका मुख्य चुनौति रहेको उनले बताइन् ।
उनले सहकारीलाई तीनखम्बे अर्थनिति स्थापित गर्न सफल अभियान सफल भएको, छुट्टै मन्त्रालय गठन, सञ्जालिकरणमा व्यापकता, धुरै मुलुकसँग सम्बन्ध स्थापित लगायतका कामहरु सहकारी अभिायनका उपलब्धि भएको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्