एनआइसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्ट विस्टेन्ड प्रिमियरमा दश प्रतिशत छुट हुने भएको छ ।
डेबिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी भएको हो । समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरे ।
बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि यो छुटको व्यवस्था गरेको बताएको छ । बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको बैंकको विश्वास छ ।
बैंकले हाल ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् सेवा दिँदै आएको छ ।