Logo

मंगलम वायर सेफ बजारमा

पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक तथा निर्यातकर्ता मंगलम इण्डस्ट्रिजले सातौं नेपाल बिल्डकन एक्स्पोमा ‘मंगलम वायर सेफ’ लन्च गरेको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरुको उपस्थितिमा वायर सेफको अनावरण गरेकी हुन् । भृकुटीमण्डपमा आयोजना भइरहेको एक्स्पोमा मंगलम वायर सेफ पनि सहभागी छ । यसले निकै सुरक्षित वातावरण तय गर्ने विश्वास लिइएको छ । विद्युतीय जोखिमबाट समेत बचाउने विश्वास छ ।
मंगलमका सबै उत्पादनहरु जापानी कच्चा पदार्थ र जर्मन प्रविधि प्रयोग गरेर नेपालमा बनाइन्छ । मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कामका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्