वीरगन्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गर्न माग

वीरगन्ज–पथलैयाक्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न वीरगन्जका उद्योगी व्यावसायीले माग गरेका छन् ।
वर्षौदेखि औद्योगिक करिडोरको माग गर्दै आएका वीरगन्जका उद्योगी व्यवसायीहरुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएको अवसरमा भेटघाट गरे औद्योगिक करिडोर घोषणा गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री देउवाको वीरगञ्ज भ्रमणको अवसरमा संघका अध्यक्ष सुवोध गुप्तासहितको पदाधिकारी, पूर्वअध्यक्ष सम्मिलित टोलीले भेटघाट गरेर सीमाक्षेत्रको समस्या सुनाउँदै वीरगन्ज–पथलैयालाई ओद्योगिक क्षेत्र घोषणा गर्न माग गर्दै ह्याप्पी बोर्डर बनाउन पनि माग गरेका छन् ।
संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर मुलुककै प्रमुख कोरिडोर रहेकोले औद्योगिक कोरिडोरको लागि चाहिने सम्पूर्ण सेवा सुविधासहितको औद्योगिक कोरिडोरको घोषणा गर्न आग्रह गरे ।
सरकारले स्थापना गरिएको औद्योगिक सुरक्षा बलले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरु सुरक्षित नै महशुस गरेपनि निजीक्षेत्रसँग छलफल नै नगरी खारेजी गरिएकोमा असन्तुष्टी जनाउँदै औद्योगिक सुरक्षा बल पुनस्र्थापना गर्न प्रधानमन्त्री देउवासँग अनुरोध गरे । अध्यक्ष डा. गुप्ताले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तराई–काठमाडौं द्रुतमार्गको निर्माण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समय सीमा तोकेर नै सम्पन्न गर्न निर्देशन गर्न पनि आग्रह गरे ।
गेटवे अफ नेपाल मानिने वीरगञ्ज नाकाबाट दिनहुँजसो लाखौं यात्रुहरु आवागमन गर्ने भएकोले वीरगञ्ज – रक्सौल बोर्डरलाई ह्याप्पी बोर्डरको रुपमा विकास गर्नुपर्ने व्यवसायीहरुको माग छ ।
ह्यापी बोर्डरको रुपमा परिणत गर्न सीमादेखि २५–२५ कि.मिसम्मको क्षेत्रको भौतिक पूर्वाधार विकास हुनुपर्ने, बोर्डरमा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने, ह्यापी बोर्डरको मुहार झल्किने किसिमले वीरगञ्ज–रक्सौलबीचको मितेरी पुलको निर्माण गर्नुपर्ने, पर्यटकहरुको लागि आकर्षणको केन्द्रविन्दुको बन्ने किसिमले मितेरी पुललाई गेटवे ब्रिजको रुपमा निर्माण गर्नुपर्नेमा लगायतका माग गरे ।
परम्परागत कृषि कर्मले उत्पादकत्व वृद्धि र कृषिको व्यवसायीकरण सम्भव नहुने भएकोले मोडेल फार्मिङ्ग र छिमेकी मुलुकले गरेको कृषिका नयाँ प्रयोग र अभ्यासलाई नेपालको कृषिक्षेत्रमा पनि लागू गर्न पहल गर्न तथा मधेश प्रदेशमा एउटा कृषि विश्वविद्यालय स्थापना गरी त्यसलाई छिमेकी राष्ट्र भारत, विहारको समस्तीपुरमा अवस्थित प्रख्यात “पुषा कृषि विश्वविद्यालय” सँगको समन्वय र सहकार्यमा सञ्चालन गर्न आग्रह गरे ।
उद्योगीका समस्या सुझाव आपूmले आपूmले सकारात्मक रुपमा लिएको बताउँदै प्रधानमन्त्री देउवाले निजीक्षेत्रको माग र गुनासोप्रति सरकार गम्भीर रहेको बताए । संघघबाट दर्शाइएका विकास सम्बन्धी सुझावहरुलाई आगामी बजेटमा समेट्ने उनले आश्वासन दिए । प्रधानमनत्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्न, तरलता अभाव हटाउन, ब्याज दरमा स्थिरता कायम गर्न, विदेशी मुद्राको सञ्चिती गर्ने लगायतका विषयमा वीउवासंघसँग अझ गहन छलफल गरेर अर्थ व्यवस्था सन्तुलित बनाउने प्रयास गर्ने बताए ।