Logo

फोनपेमा स्क्यान गरी भुक्तानी गर्दा उपहार

खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा पाँच हजार रुपैयाँ जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ ।
यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन् ।
त्यस्तै हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर १० वैशाशसम्म मान्य हुने कम्पनीले जनाएको छ ।
खल्तीमा हालै सुरु गरिएको फोनपे क्युआरको सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ । यसका साथै अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्