Logo

जगदम्बा स्पिनिङ मिल्समा चार करोडको क्षति

सौरभ ग्रुपअन्तर्गतको जगदम्बा स्पिनिङ मिल्समा आगलागी हुँदा करिब चार करोडको क्षति भएको छ । मिल्समा विद्युत शर्ट शर्किट भई आगलागी हुँदा उद्योगको टीएफओ मेसिन, विद्युत प्यानल, विद्युतीय तारहरु नष्ट भएको छ ।
उद्योगमा भएको आगलागी नियन्त्रणमा लागि सिद्धार्थ नगरपालिका र लुम्बिनी संस्कृति नगरपालिकाका दमकल, नेपाली सेना, प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागी सुरु भएसँगै उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदारबीच भागदौड हुँदा केही मजदुर घाइतेसमेत भएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्