उद्योग वाणिज्य महासंघ प्रदेश १ र न्यूयोर्क चेम्बरबीच सम्भौता

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्धका स्थापित भएको छ ।
भगिनी सम्बन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान प्रदान गर्ने जनाएका छन् ।
सहकार्यलाई प्रोत्साहन गर्ने, आपसी समन्वयमा व्यापार स्थापना गर्ने, विस्तार गर्ने, व्यापारिक अवसरहरू प्रवाह गर्ने, संघका सदस्यहरूबीच आपसमा सहज वातावरण बनाउने, आर्थिक तथा व्यापरिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालन गर्न सहयोग गर्ने सम्झौता भएको महासंघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्वर अफ कमर्स, न्यूयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको सम्झौतामा चेम्बर अफ कमर्स, न्यूयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिर प्रताप साहले हस्ताक्षर गरेका छन् ।
कमर्सले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २०औँ वार्षिक कन्फरेन्स तथा एक्पोमा यस महासंघका उपाध्यक्ष राजेन्द्र राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का कार्यक्रममा सहभागी भएको महासंघ प्रदेश नम्बर १ का निर्देशक श्याम भण्डारीले बताएका छन् ।