Logo

सिटिजन्स बैंक र गैंडा क्याम्प होटलबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ ।
बैंकका कार्डबाहक ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
मोबाइल बैकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधामार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् । त्यसैगरी मुद्दती खाताको आवेदनसमेत दिन सक्नेलगायतका व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्