सेञ्चुरी बैंक धुलिखेलको वित्तीय साक्षरता कार्यक्रम

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले वित्तीय साक्षरता कायक्रम सञ्चालन गरेको छ ।
धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहालले धुलिखेलको ञ्जीवनी कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । वित्तीय साक्षरता कार्यक्रममा व्यस्थापन संकायको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको शाखा प्रमुख दाहालले बताए ।
बैंकको व्यवस्थापनमा सञ्चालित सेञ्चुरी क्यापिटल मार्केटका डिपी एसोसिएट्स विनय अधिकारी र पोर्टफोलियो व्यवस्थापन प्रमुख अञ्जु महर्जनले विद्यार्थीलाई हितग्राही खाता सञ्चालन, मेरो सेयर, प्राथमिक तथा दोश्रो बजारमा सेयर कारोबार र लगानी व्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक तथा कर्मचारी उपस्थित थिए । क्याम्पसका निमित्त प्रमुख पुजन श्रेष्ठले वित्तीय साक्षरता कार्यक्रम व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीका लागि राम्रो सिकाई उपलब्धि भएको बताए ।
सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।