Logo

काठमाडौ १९ औं उत्कृष्ट गन्तव्य, लन्डन पहिलो

लन्डन-ट्रिप एडभाइजरको वार्षिक भ्रमणकर्ताहरुको छनौटको उत्कृष्ट गन्तव्यमा काठमाडौ १९ औ स्थानमा परेको छ । उत्कृष्ट २५ को सूचीमा दक्षिण एसियाबाट काठमाडौपछि भारतको जयपुर २० औं स्थानमा परेको छ । लन्डन पहिलो उत्कृष्ट गन्तव्य भएको छ । लाखौ समीक्षा र होटल, रेष्टुरा तथा आकर्षणको आधारमा ट्रिप एडभाइजरले यो सूची सार्वजनिक गरेको हो ।
यो वर्ष दोस्रो स्थानमा पेरिस परेको छ भने रोम तेस्रो र क्रेट चौथो स्थानमा परेका छन् । भ्रमणकर्ताहरुको रोजाइमा लामो समयसम्म पर्दै आएको न्यूयोर्क भने यो वर्ष शीर्ष १० को सूचीमा पनि पर्न असफल भएको छ ।
लन्डन गत वर्ष दोस्रो स्थानमा परेको थियो । ड्यूक प्एन्ड डचेस अफ ससेक्सको विवाहका कारण लन्डन पहिलो स्थानमा पर्न सफल भएको ट्रिपएडभाइजरले जनाएको छ ।
ट्रिपएडभाइजरका प्रवक्ता हेली कोलेम्यानले भनेका छन्,“ह्यारी र मेघानको विवाहका कारण परेको प्रभाव यो २०१६ देखिकै पहिलो हो र यसले लन्डनलाई पहिलो स्थानमा ल्याउन सफल भएको छ ।”
“यो जोडीको नयाँ शिशु विश्वमा आउने क्रममा रहेकाले २०२० मा पनि ह्यारी र मेघानको असर रहिरहने छ र लन्डनले यसबाट लाभ लिनेछ,” उनको भनाई थियो ।
लोकप्रिय सहर बाली पाँचौ स्थानमा रहेको छ र थाइ रिसोर्ट अफ फुकेट छैटौ स्थानमा परेको छ ।उत्कृष्ट १० को सूचीमा बार्सिलोना सातौ, इस्तानबुल आठौ, माराकेच नवौ र दुबई १० औं स्थानमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्