Logo

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा

नेपाल निर्माण ब्यवसायी महासंघको आज र भोलि हुने १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै देउजाले बिकराल समस्याकाबीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफूले उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमालिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरूलाई पूर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफू र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उनले स्पष्ट पारेका छन् ।
आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रूपले २०४७ सालदेखि निर्माण व्यवसायीका रूपमा निरन्तर सम्लग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरूमा कुनै पनि योग्यता नचाहिने नियम संशोधन गर्न सफल देउजाले जिकिर गरे ।
उनले लामो समयदेखि आफूले आर्जन गरेको अनुभवको आधारमा महासंघलाई अगाडी बढाउने समेत प्रतिबद्धता व्यक्त गरे । महासचिव हुँदा पनि साना व्यवसायीहरूको समस्यामा आफु केन्द्रित भएको र उनीहरूको हकहितका लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पारे ।
उनले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनीय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट गरे । उनले भने, ‘अविश्वसनीय दरररेट कबोल गर्ने गरेको कारण अस्वच्छ प्रतिस्पर्धाले निर्माण उद्योगमा प्र्रश्रय पाएको छ यसलाई हटाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्