उवासंघ चितवनको नेतृत्वमा १२ जना सर्वसम्मत

भरतपुर- उद्योग वाणिज्य संघ चितवनको उद्योगतर्फ ६ जना सदस्य निर्विरोध चयन भएका छन् ।
६ सदस्यका लागि ७ जनाले उम्मेद्वारी दिएकोमा विज्ञानलाल श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्मत भएका हुन् । उद्योगतर्फका सदस्यहरुमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ (पिया) रहेका छन् ।
यसअघि अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ चिरञ्जिवी सुवेदी सर्वसम्मत चयन भइसकेका छन् । यस्तै महिला सदस्य पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यतर्फ रेशमलाल आचार्य, कर्पोरेट सदस्यतर्फ डा. जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत चयन भएका छन् ।
१२ जनाले वाणिज्यतर्फ सदस्यका लागि उम्मेदवारी दिएकामध्ये विकास थापा र सञ्जय श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५५ औं वार्षिक साधरणसभा तथाअधिवेशनको २८ गते शनिबार उद्घाटन हुने भएको छ ।