Logo

बराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण

खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण गरेको छ । गाउँपालिका भरिका करिब २६ सय किसानलाई उन्नतजातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिए । मकै छर्ने सिजन सुरु भएसँगै लेकाली क्षेत्रकाकिसानलाई मनकामना–३ र बेँसी क्षेत्रका किसानलाई बायोसिड हाइब्रिड जातको मकैको ४५ सय केजी बिउ वितरण गरिएको उनले बताए ।
उनकाअनुसार खेती गर्ने जमिनको परिमाण हेरेर बढी खेती गर्नेलाई २ केजी र कम खेती गर्नेलाई १ केजीका दरले बीउ वितरण गरिएको हो । बिउ वितरण कार्यमा संघीय सरकारको सशर्त अनुदान र गाउँपालिका आफैंले छुट्याएको बजेट गरी ११ लाख रकम खर्च गरिएको छ ।
गाउँपालिकाको वडा नं. १ बराहपोखरीका केही किसानलाई बिउ वितरण गर्न बाँकी छ भने अन्य वडाका सबै किसानलाई वितरण गरिसकिएको छ । आउँदो आइतबारबाट किसानलाई विषादी वितरण गर्ने तयारी भइरहेको पनि रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्